काठमाडौं - सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको रिट न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
यसअघि गत असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले रिटमा विपक्षीहरूलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
अदालतले विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायतका विपक्षी निकायलाई लिखित जवाफ पेस गर्न भनेको थियो ।
साथै, विपक्षीहरूका नाममा म्याद सूचना पठाई लिखित जवाफ प्राप्त भए वा म्याद अवधि समाप्त भए पनि नियमानुसार पेस गर्न आदेश दिइएको थियो ।
सर्वोच्च अदालतले दीपक भट्टविरुद्ध नेपाल सरकारका नाममा विचाराधीन अन्य मुद्दासमेत अवलोकनका लागि सँगै राखेर पेस गर्न आदेश दिएको थियो ।

.gif)



