काठमाडौं - ३० वर्षको उमेरमा बिचौलियाको साम्राज्य खडा गरेका इनम सापकोटाको नेटवर्कमा रहेका दर्जनौं उच्चपदस्थ छानबिनमा तानिएका छन् ।
सर्बोच्चका प्रधानन्यायाधिसदेखि न्यायाधीश, प्रहरीका उच्च अधिकारी तथा राजनीतिक नेतृत्वका व्यक्तिहरु छानबिनमा तानिएका हुन्।
न्यायाधीश हरिप्रसाद फुयालसँगको त उनको गोप्य च्याट नै बाहिरिएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा बैंक खाता उल्लेख भएका विवरण आएका छन् ।
स्रोतका अनुसार बिचौलिया सापकोटा र कांग्रेसका नेता उमेश श्रेष्ठबिच घनिष्ट सम्बन्ध देखिन्छ । उनीहरुबिच अदालतका मुद्दामा सेटिङ मिलाउनेदेखि आर्थिक लेदनेदनका विषय समावेश छन्।

.gif)


