काठमाडौं - सरकारले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।
कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
सार्वजनिक खरिद प्रक्रियामा जिम्मेवारीअनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाहीस्वरूप कालोसूचीमा राख्ने व्यवस्था छ ।


.gif)



