काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते काठमाडौं आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमण गर्ने तयारी भएको हो ।
नेपाल भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री शाहसँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन्। साथै, प्रधानमन्त्रीको भ्रमणको कार्यसूची र अन्य कूटनीतिक तयारीबारे नेपाली अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिस्रीको भ्रमणपछि प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति घोषणा गरिनेछ। त्यसअघि आगामी साता काठमाडौंमा उच्चस्तरीय तयारी बैठक गर्ने र बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा भ्रमणको मिति सार्वजनिक गर्ने तयारी छ।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता शाहले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्न लागेका हुन्। भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्रालयले केही सातादेखि नै काम गरिरहेको थियो।

.gif)


