काठमाडौं,एजेन्सी - कोरोना संक्रमणको कारण बेलायतमा एक नेपालीको निधन भएको छ । नेपालको चितवन भरतपुर स्थायी घर भई हाल परिवारसहित यूकेको फेल्टाममा बसोबास गर्दै आएका ५९ वर्षीय कृष्णबहादुर गुरुङको निधन भएको हो ।

पूर्व गोर्खा सैनिक तथा चार भञ्ज्याङ तमु समाज यूकेका उपाध्यक्ष समेत रहेका गुरुङको हिलिङडन हस्पिटलमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । निधन भएका उनी चार भञ्ज्याङ तमु समाज यूकेको स्थापनाकालदेखि नै समाजको लागि सकृय भूमिका निर्वाह गर्दै आएका थिए । 

उनी तमुधीं यूके, बीसीसी लण्डन शाखाको प्रोपर्टी म्यानेजर, यूके–नेपाल ब्याडमिन्टन एशोसियसनका संयोजक, तथा हन्स्लो नेपाली समाजका सल्लाहाकार समेत थिए ।