मेयर बालेन शाहको राजीनामा माग्दै कवाड संकलकहरु आन्दोलित
खबर एक्सप्रेस
२०८१-०३-०५ ०४:५३ मा प्रकाशित
Total Shares: 89
काठमाडौं - काठमाडौंका कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को राजीनामा माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए ।
मंगलबार काठमाडौंमा आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
नाराबाजीसहित उनीहरु काठमाडौं महानगरका मेयर बालेनको ज्यादतीविरुद्ध उत्रिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस