पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन
खबर एक्सप्रेस
२०७६-१२-०५ ०१:५९ मा प्रकाशित
Total Shares: 1098
काठमाडौं - सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ। सुगर र प्रेसरले चापेपछि अस्पताल भर्ना भएका श्रेष्ठको बुधबार बिहान हिमाल अस्पताल नक्साल निधन भएको हो।
बुधबार नै सर्वोच्च अदालतको फुल कोर्टको बैठक बसेर पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए।
वि।सं। १९८९ जन्मिएका श्रेष्ठ पहिलो पटक गठन गर्दा सत्य निरूपण तथा वेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस समितिका संयोजकसमेत थिए।
फेसबुक पेज Like गर्नुहोस