काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका विभिन्न प्रयाेगशालाहरुकाे गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। 

आइतबार काठमाडौंमा ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।