पूर्वमन्त्री पाण्डेले पनि गरे रविको पक्षमा हस्ताक्षर
खबर एक्सप्रेस
२०८२-०४-१० ०२:३९ मा प्रकाशित
Total Shares: 100
काठमाडौं - पूर्वमन्त्री रमेशनाथ पाण्डेले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।
शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर पाण्डेले रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।
रवि लामिछाने नेतृत्वको रास्वपाले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ ।
राजाले शासनसत्ता कब्जा गरेका समय पाण्डे परराष्ट्रमन्त्री बनेक थिए । उनी पूर्वपत्रकार र कुटनीतिज्ञ पनि हुन् ।
पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछाने अहिले भैरहवा कारागारमा छन् । रास्वपाले यसलाई ‘प्रतिशोध’ भन्दै रविका पक्षमा हस्ताक्षर सङ्कलन गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस