काठमाडौं - नेकपा एमालेको ११औँ महाधिवेशनमा भएको निर्वाचनमा शंकर पोखरेल महासचिवमा विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा खसेको २२२७ मतमध्ये पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

यसअघि नै अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतका साथ विजयी भइसकेका छन् ।