भारतीय टिभी कार्यक्रम 'द कपिल शर्मा शो' को नयाँ सिजन आउने
काठमाडौं - टिभी कार्यक्रम 'द कपिल शर्मा शो' को नयाँ सिजन आउने भएको छ।
भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार द कपिल शर्मा शोमा अबको सिजनमा नयाँ अनुहारहरू पनि देखिनेछन्। कपिल शर्माले चलाउने यो कार्यक्रम सोनी इन्टरटेन्मेन्ट च्यानलमा आउनेछ।
द कपिल शर्मा शोको टिमले सामाजिक सञ्जालमार्फत् कार्यक्रम चाँडै सुरू हुने जानकारी दिएको हो। टिमले सामाजिक सञ्जालमा लेखेको छ, 'भारतीय टेलिभिजनको सबभन्दा चर्चित कार्यक्रम द कपिल शर्मा शोको नयाँ सिजन आउँदैछ र यसपालि परिवारमा नयाँ सदस्यहरू थपिएका छन्।'
कार्यक्रममा को को नयाँ कलाकार आउँदै छन् भन्नेबारेमा भने टिमले कुनै जानकारी दिएको छैन। तर कार्यक्रममा नयाँ सदस्य थपिने कुरासँगै प्रशंसकहरू उत्साहित र जिज्ञासु भएका छन्। उनीहरू सबैजसोले कार्यक्रममा सुनील ग्रोवर पनि देखिने छन् कि भन्ने आशा र प्रश्न राखेका छन्।
फेसबुक पेज Like गर्नुहोस