एमाले सचेतक चौधरीद्वारा संसदको गाडी फिर्ता
खबर एक्सप्रेस
२०७८-०२-०९ ०५:४५ मा प्रकाशित
Total Shares: 1249
काठमाडौं - नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरीले संसदले पाउने सुविधाबाट पाएको गाडी फिर्ता गरेकी छिन् । सांसदको जिम्मेवारीबाट मुक्त भएको भन्दै उनले त्यसवापत प्राप्त सुविधा फिर्ता गरेकी हुन् ।
दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । ‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेखेकी छिन् ।
चौधरीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एमालेको संसदीय दलको सचेतकको रूपमा ३ वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको बताएकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस