रौतहटमा रास्वपाका उम्मेदवार चढेको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु
रौतहट - रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्कर दिँदा एक बालिकाको ज्यान भएको छ ।
रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट आज दिउँसो इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो।
चुनाव प्रचारकै क्रममा रहेको बेला दिउँसो २स्३० बजेको समयमा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तीव्र गतिमा रहेको कारले ती नाबालिकालाई ठक्कर दिएको थियो।
घाइते नाबालिकालाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि पुर्याएका थिए। उपचारको क्रममा उनको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस