सर्वोच्चमा रिट दायरका लागि सिंहदरबारमा हस्ताक्षर गर्दै सांसदहरु
काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरुले संकलन गरिरहेका छन् ।
आइतबार दिउँसो सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आ आफ्ना पार्टीका सांसद नागरिकतासहित उपस्थित भएर हस्ताक्षर गरिरहेका छन् ।
सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । १४९ जना सांसदहरुका तर्फबाट रिट दायर गर्ने तयारी छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपाल पुगिसकेका छैनन् । उनीहरु अहिले कानुनविद्हरुसँग छलफलमा छन् । आजै सर्वोच्चमा रिट दायर गर्ने तयारी छ ।
फेसबुक पेज Like गर्नुहोस