काठमाडौं - गृह मन्त्रालयले वि.सं. २०७८ सालमा दिने सरकारी बिदा थप गरेको छ । 

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले पर्व र दिवस बिदाहरू सार्वजनिक बिदामा थपिएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ।