काठमाडौं - ग्लोबल आईएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले साउन १ गतेदेखि लागू हुने गरी निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार साधारण बचतका सबै प्रकारका बचत खातामा ०.५ देखि १ प्रतिशतसम्म प्रतिशतसम्म ब्याजदर घटाएको छ। साथै, मुद्दती खातातर्फ पनि व्यक्ति गत र संस्थागत दुवैतर्फको ब्याजदर ०.५ प्रतिशत घटाएको छ ।

बैंकले गत चैत महिनामा ब्याजर प्रकाशित गर्दा ३ महिने मुद्दती निक्षेपमा संस्थागत तर्फ ७ प्रतिशत र सोभन्दा माथि ७.१० प्रतिशत र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो ।

तर साउनदेखि लागू हुने गरी बैंकले ३ महिने मुद्दती निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र सोभन्दा माथि ६.६० प्रतिशत र व्यक्तिगततर्फ ७.७५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो। बैंकले एनआरएन मुद्दतीको पनि चैतभन्दा ०.५ घटाएर ३ महिनाभन्दा माथिका मुद्दती खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ।