आज पनि चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडि भू- भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, रातिमा भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकि प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस