काठमाडौं - बलिउड अभिनेत्री सुष्मिता सेन प्रेमी रोहमन सलसँग बिदा मनाउन विदेश गएकी थिइन् । उनले रोहमनसँगका तस्बिरसमेत सेयर गरेकी थिइन् ।

यसैबीच, सुष्मिता र रोहमनले विवाह गर्न लागेको खबर एक भारतीय म्यागजिनले सार्वजनिक गरेको छ । उसका अनुसार सुष्मिता र रोहमन यस वर्षको अन्त्यसम्ममा विवाह गर्नेछन् ।

रोहमनले सुष्मितालाई विवाहकोे प्रस्ताव राखेका थिए । सुष्मिताले पनि रोहमनको प्रस्तावलाई स्वीकार गरिन् । यसअघि पनि रोहमनले सुष्मितालाई प्रेमप्रस्ताव राखिसकेका थिए । दुवैले सामाजिक सञ्जालमा आफ्नो प्रेमलाई स्वीकार गरिसकेका छन् ।