झापा–५ मा बालेनलाई डेरा खोजिदिने ओलीको घोषणा
काठमाडौं - आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर झापा क्षेत्र नं. ५ यतिबेला चर्चामा छ ।
कहिल्यै चुनाव नहारेका एवं पटक–पटक देशको बागडोर सम्हालेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजिनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन्द्र साह ‘बालेन’ले उम्मेदवारी दिने घोषणा गरेसँगै झापा–५ चर्चामा छ ।
आज झापा पुगेका एमाले अध्यक्ष ओलीले गृहनगर दमकमा आयोजित पत्रकार सम्मेलनमा डेरा खोज्न सघाउने भन्दै रास्वपा वरिष्ठ नेता साहप्रति कटाक्ष समेत गरे ।
नाम उल्लेख नगरी ओलीले बालेनको विकास र जनसम्पर्कसँग कुनै नाता नरहेको भन्दै व्यंग्यात्मक शैलीमा भने–‘न नाता, न गोता, न त जनताको विकाससँगको साइनो । यस्ता मान्छेलाई डेरा खोज्न सघाउनु मेरो जिम्मेवारी हो। किनकि यो मेरो इलाका हो।’
झापा–५ मा बालेन्द्रको सम्भावित उम्मेदवारीले एमाले नेतृत्वलाई दबाबमा पारेको संकेतका रूपमा हेरिएको छ। ओलीले प्रत्यक्ष नाम नलिई बारम्बार ‘यस्ता मान्छे’ भनेर बालेन्द्रलाई लक्षित गरेका थिए।
अर्को प्रसंगमा ओलीले देश जलाउने र देश बचाउनेलाई जनताले छुट्याइसकेको दाबी गर्दै त्यसको फैसला निर्वाचनबाट हुने बताए। ओलीले शान्ति–सुरक्षाको अभाव देखाउँदै चुनाव नै सम्भव नभएको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस