आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै
काठमाडौं-सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज प्रस्तुत गर्दै छ । संघीय संसद्मा सरकारले बजेट प्रस्तुत गर्नेछ ।
जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।
दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ ।
मन्त्रालयहरूले अधिकतम सीमा ननाघ्ने गरी बजेट सिलिङ अर्थ मन्त्रालयमा पेस गरिसकेका छन् ।
आयोगले दिएको कुल सिलिङमा रहने हो भने चालु खर्च सीमा ११ खर्ब ४७ अर्ब ७ करोड ९९ लाख रुपैयाँ र पुँजीगत अर्थात विकास खर्च ३ खर्ब ८४ अर्ब ९७ करोड रुपैयाँ हाराहारीमा हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस