काठमाडौँ - कुनै फिल्मको सुटिङ होइन । न त कुनै अभिनयका लागि तयार गरिएको हो तर पनि बलिउड नायिका दीपिका पादुकोण र उनका पति रणवीर सिंहको एक फोटो अचेल सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

दीपिका र रणवीरको यो तस्वीर ८० वर्षको उमेरमा कस्तो देखिनेछ भनेर एक फ्यानले एक एपमार्फत परिवर्तन गरी सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा यो तस्वीर भाइरल बनेको हो । 

केही महिनाअघि विवाह गरेको यो जोडी अभिनित फिल्म ८३ आगामी अप्रिल १० मा रिलिज हुँदैछ ।