काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६५ जना संक्रमित थपिएका छन् । काठमाडौंका ५२, ललितपुरका ७ र भक्तपुरका ६ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ ।

हाल १ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ हजार १०१ पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।