एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छलफल गर्न सार्वजनिक लेखा समितिकाे बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-०८-२० ०९:०३ मा प्रकाशित
Total Shares: 213
काठमाडाैं - सार्वजनिक लेखा समितिकाे बैठक बस्दै छ । समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको हाे । समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।
एनसेलको ८० प्रतिशत शेयर खरिद/बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।
एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस