एमालेका कार्यकर्ता आउन नदिने भन्दै माइतीघर पुगे जेन-जी घाइते
खबर एक्सप्रेस
२०८२-०८-०६ ११:४९ मा प्रकाशित
Total Shares: 35
काठमाडौं- नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेन-जी घाइतेहरू पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताइरहेका छन् । एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् ।अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन भन्दै एमालेले भोलेन्टियर फोर्स बनाउन लागेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस