विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
खबर एक्सप्रेस
२०८२-१०-०४ ११:१२ मा प्रकाशित
Total Shares: 55
काठमाडौं - आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
शनिबार एक विशेष कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिँदै बिदाइ गरेको हो ।
विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ । नेपाली क्रिकेट टोली भोलि भारत प्रस्थान गर्नेछ ।
विश्वकप समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
त्यसअघि टोली श्रीलंका गएर ‘श्रीलंका ए’ र भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस