वैदेशिक रोजगारीमा टोकन प्रणाली खारेज, अब आवेदन दिएकै दिन श्रम स्वीकृति
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि लाग्दै आएको टोकन प्रणाली औपचारिक रूपमा खारेज गरेको छ।
अब वैदेशिक रोजगारमा जाने इच्छुक श्रमिकले आवेदन दिएकोै दिनै श्रम स्वीकृति पाउने व्यवस्था लागू गरिएको छ।
आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा बसेको बैठकले सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउने उद्देश्यले टोकन प्रणाली अन्त्य गरेको निर्णय गरेको हो ।
यस अघि मन्त्रिपरिषद्ले गत चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीलाई आधार मान्दै मन्त्रालयले आजैदेखि लागू हुने गरी १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।
मन्त्रालयले यस कदमलाई वैदेशिक रोजगारी प्रक्रियामा समयको बचत र श्रमिकको सहज पहुँच सुनिश्चित गर्ने रणनीति भएको बताएको छ।
त्यस्तै, पूर्व-प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने, त्यसका लागि श्रव्य-दृश्य सामग्री तयार गर्ने र डिजिटल माध्यमबाट उपलब्ध गराउने योजना अघि सारिएको छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस