चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसोमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, रातीमा भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि भू-भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकि प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस