काठमाडौं - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीबार फेरि नेपाल आउँदै छन् ।

एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन विशेष भूमिका खेलेका लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको अवस्थामा उनी नेपाल आउन लागेका हुन ।

बिहीबार नेपाल आइपुगेपछि उनले दुई दिन बिताउनेछन । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको बताइएको छ । अन्य राजनीतिक भेटघाटबाट कुनै जानकारी बाहिर आएको छैन् ।

उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । त्यो बेला उहाँले विभिन्न दलका शीर्ष नेताहरुसँग पनि भेटघाट गरेका थिए।