बाटोमा पैसा फालेर त्रास फैलाउने दुई महिला पक्राउ
खबर एक्सप्रेस
२०७७-०१-०६ ०४:०३ मा प्रकाशित
Total Shares: 559
जनकपुर - जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट ती महिलालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गरे पनि प्रहरीले दुबै महिलाको परिचय भने खुलाएको छैन। उनीहरुलाई केही बेरपछि सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीरचौकमा ती दुवै महिलाले १० रुपैयाँको नोट १२/१५ स्थानमा फालेर फरार भएका थिए। त्यसपछि कोरोना फैलाउन पैसा फालेको भन्दै स्थानीयहरुमा खैलाबैला मच्चिएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस