प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री ओलीलाई भेटेको होइन : सर्वोच्च
खबर एक्सप्रेस
२०७८-०२-११ ०४:१५ मा प्रकाशित
Total Shares: 368
काठमाडौं - प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच राति बालुवाटारमा भेटवार्ता भएको भनेर अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि सर्वाेच्च अदालतले प्रेस विज्ञप्ति जारी गरेको छ ।
अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् । विज्ञप्तिमा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गराइएको छ ।
फेसबुक पेज Like गर्नुहोस