भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
खबर एक्सप्रेस
२०८२-०४-०१ ०७:५६ मा प्रकाशित
Total Shares: 71
चितवन - भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो ।
मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस