राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशमा १४३ जनाले गरे मतदान
खबर एक्सप्रेस
२०८२-१०-१२ १२:२८ मा प्रकाशित
Total Shares: 15
काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् । बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मा मकवानपुरमा भइरहेको मतदानमा १४३ जनाले गरेका हुन् । निर्वाचन आयोगका अनुसार प्रदेश सभाका ११० सदस्यमध्ये ६ जनाले राजीनामा दिएका कारण १०४ मतदाता कायम छन्। यस्तै स्थानीय तहतर्फ २३८ मध्ये एक जना निलम्बन र ३ जनाले राजीनामा दिएका कारण २३४ मतदाता कायम छन् । मतदान सुरु भएको एक घण्टामा स्थानीय तहतर्फ १११ र प्रदेश सभातर्फ ३९ जनाले मतदान गरेका छन् । मतदान प्रक्रियामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस