काठमाडौं,एजेन्सी - अष्ट्रेलियामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो समय अष्ट्रेलियामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । थप १४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या २१९६९ पुगेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दै आइरहेको छ ।

तर, लकडाउनको विरोधमा हजारौँले प्रदर्शन गरिरहेका छन् । उक्त प्रदर्शनका कारण पनि कोरोना झन् फैलिने अधिकारीहरुले जनाएका छन् ।