मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएको स्रोतले बताएको छ । आजको बैठक नियमित भएको र सरकारले हालै ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो ।
तर, बुधबार दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगकाे छलफलपछि स्थायी कमिटी बैठकमा सहभागी भएका प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस