दंगालद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार
काठमाडौं - नेकपा खोटाङका जिल्ला सचिव तथा प्रदेश कमिटी सदस्य रामप्रसाद दंगालले केपी शर्मा ओलीको समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
ओलीले संसद् विघटनको असंवैधानिक कदम चालेपछि नेकपा हाल औपचारिक विभाजनको संघारमा पुगेको छ । जसमा ओलीले आफ्नै समूहको केन्द्रिय समिति बोलाई सदस्यहरु थपेका थिए ।
तर, थपिएका केन्द्रीय सदस्यदहरुले भने धमाधम पद अस्विकार गरेका छन् । यसैक्रममा दंगालले पनि सामाजिक सञ्जालमार्फत ओलीलाई धन्यवाद दिँदै पद भने अस्विकार गरेका छन् ।
‘पार्टीको केन्द्रीय सदस्य बनाएकोमा जसले प्रस्ताव गर्नुभयो धैरै धेरै धन्यवाद, तर हाल यो पार्टीको केन्द्रीय सदस्य पदमा आफू नरहने जानकारी गराउँदछु।’ उनले भनेका छन् ।
यसअघि खोटाङकी प्रदेश १ सांसद उषाकला राईले पनि पद अस्विकार गरेकी छन् ।
फेसबुक पेज Like गर्नुहोस