काठमाडौं - बलिउड सुपरस्टार अक्षय कुमारको फिल्म 'मिशन मंगल' रिलिज हुने तयारी अवस्थामा छ । फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ । यस फिल्मलाई लिएर अक्षय सँगै निर्माण टिम काफी उत्साहित रहेको छ । यता यस फिल्मलाई लिएर ठूलो खबर बाहिर आएको छ ।

महाराष्ट्र नवनिर्माण सेना का अध्यक्ष अमेय खोपकरले 'मिशन मंगल' लाई लिएर ठूलो घोषणा गरेका छन् । उनले भनेका छन्, यदि अक्षय कुमारको यस फिल्म मराठी भाषामा डबिङ गरेमा फिल्मलाई रिलिज हुन दिनेछैन ।

रिलिज नहुँदै विवादमा अक्षयको फिल्म 'मिशन मंगल'

मिडियासँगको अन्तरक्रियामा उनले यस फिल्मलाई मराठी भाषामा डबिङ गरेमा चल्न नदिने खुलासा गरेका हुन् । महाराष्ट्रमा हरेक सिनेमाघरमा एक थियटर खास गरेर मराठी फिल्मको लागि आरक्षित गरिएको छ ।

यदि ुमिशन मंगलु पनि मराठी भाषामा रिलिज भएमा आरक्षित हलमा लाग्ने कारणले गर्दा उनले बिरोध गरिएको जनाइएको छ । अगस्ट १५ मा रिलिज हुने यस फिल्ममा अक्षयको अलावा विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, निथ्या मिथुन लगायतको मुख्य भूमिका रहेको छ ।