तनहुँ – जिल्लाको व्यास नगरपालिकाले महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ । यसअघि जिल्लाकै भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते सार्वजनिक बिदा दिएको थियो ।