एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी कोरियाली नेता किम जोङ उनबीच भेट भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनलाई भेट्न चाहेका थिए । ट्रम्पले दुवै कोरियालाई विभाजन गर्ने गैर–सैनिक क्षेत्रमा भेटघाट गरेका हुन् । 

ट्रम्प र उनबीच उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा आइतबार भेट भएका हुन् । दुवै नेताको भेट तय भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सिओलमा आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार यो भेटवार्ताले कोरियाली प्रायद्धीपको आणविक समस्याबारे पुनः वार्ताको ढोका खोल्ने आशा गरिएको छ ।