सबै प्रजातीका जनावर अब एकै ठाउँमा, अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै
खबर एक्सप्रेस
२०७६-१०-०७ ११:०० मा प्रकाशित
Total Shares: 548
काठमाडौं - भक्तपुर जिल्लाको सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ । नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन ।
अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ ।
उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुंगीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने गरी उद्यानको गुरुयोजना निर्माण गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस