काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । 

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्नेछ । बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्ने र आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ ।