मनाङ- मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो जाँदा करिब १ दर्जन आरोही बेपत्ता भएको आशंका गरिएको छ ।
आइतबार बिहान हिम्लुङ हिमालमा हिउँपहिरो गएको हो । हिमाल आरोहणका लागि गएका २२ जनामध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।



