काठमाडौं - वैदेशिक रोजगारीको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन् ।

अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको थियो । 

उनलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।