काठमाडौं - नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको छ । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ ।

जनप्रदर्शनपछि एमालेले जनसभा पनि आयोजना गर्ने छ । एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रूपमा पनि लिएको छ ।

एमालेले संसद् विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ठहर गर्दै आएको छ ।