काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । 

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाई उडानमा पनि निगमले दुई रुपैयाँले वृद्धि गरेको छ। 

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १२७, डिजेल ११० र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ। यस्तै, निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धनमा प्रति किलोलिटर अमेरिक डलर २० ले बृद्धि गरेको छ। नयाँ मूल्य अब ७३५ प्रति किलोलिटर कायम भएको छ। 

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ ।