बैंकहरूलाई निशुल्क बिमाको प्रचार गर्न प्रतिबन्ध
काठमाडौं - पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई खाता खोल्न आकर्षण गर्न निशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रूपमा प्रस्तुत भएको छ ।
बैंकहरूले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाका प्याकेज ल्याएका छन् । तर निक्षेपकर्ताले दाबी नपाएको गुनासो गरेपछि समितिले निर्देशननै जारी गरेको हो ।
ुबिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीगितग मार्गदर्शन, २०७६ु जारी गर्दै बिमा समितिले बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना निक्षेपकर्ताहरूको बिमा गर्दा सम्पूर्ण व्यक्तिगत विवरण बिमा कम्पनीहरूलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै बिमकले विभिन्न संस्थासँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बिमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै निर्ने भएमा यसको बिमा प्रिमियम शुल्क ुसंस्था स्वयंले तिर्नुपर्नेु भन्ने सूचना दिनुपर्ने छ ।
कारोबार दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस