काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ४ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने  घटेको छ । बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।