विदेशमन्त्री बनेपछि जयशंकर पहिलो पटक नेपाल आउँदै
खबर एक्सप्रेस
२०७६-०५-०२ ११:०० मा प्रकाशित
Total Shares: 570
काठमाडौं - भारत सरकारको विदेशमन्त्री बनेपछि पहिलो पटक एस जयशंकर नेपाल आउने कार्यक्रम तय भएको छ ।
विदेश सचिवका रुपमा थुप्रै पटक नेपाल आएका र नेपाली मामलाबारे सम्वाद गरेका जयशंक यस पटक विदेश मन्त्रीका रुपमा नेपाल आउने भएका छन् ।
विदेशमन्त्री जयशंकर बुधबार र बिहीबार काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सामेलह हुन नेपाल आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् ।
बैठकमा द्वपक्षीय सम्बन्धसहित आर्थिक, ब्यापार तथा पारवहन, उर्जा, शिक्षालगायतबारे छलफल हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस