काठमाडौं - नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा सुरु हुनेछ ।

शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको छ ।