काठमाडौं - महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका  मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवी बेपत्ता भएका थिए । 

केहि दिनअघि मात्र प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर छन् ।