के अभिनयबाट अवकाश लिदैंछन् अमिताभ बच्चन ?
खबर एक्सप्रेस
२०७६-०८-१४ ११:०० मा प्रकाशित
Total Shares: 511
एजेन्सी - अमिताभ बच्चन ७७ वर्षको हुँदा समेत फिल्ममा काम गर्न प्रस्तावको कमी छैन् । उनको आउँदै गरेको फिल्ममा ‘चेहरे, ‘ब्रह्मास्त्र’, ‘झुंड’ र ‘गुलाबो सिताबों’ छ ।
त्यसमाथि टेलिभिजनमा ‘कौन बनेगा करोडपति’ जस्तो चर्चित कार्यक्रम उनले निरन्तर चलाउँदै आएका छन् ।
बच्चनले हालै ब्रम्हासत्रको सुटिङका लागि कारमा मनालीसम्म यात्रा गरे । मनालीसम्म उनले १२ घण्टाको यात्रा कारमा पूरा गरेका थिए । मनालीको लामो यात्रापछि उनले आफ्नो ब्लगमा शरीरले आराम गर्ने संकेत दिएको उल्लेख गरेका छन्।
उनले यात्राका देखिएका सुन्दरताको पनि ब्लगमा बयान गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस